logo
२०८१ असोज १० बिहीवार



विश्वभरि सङ्क्रमित हुने ९६ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |
फिचर |


विश्वभरि सङ्क्रमित हुने ९६ लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । विश्वभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुने एक करोड नाघेको छ । रोयटर्सका अनुसार आइतबार बिहानसम्म विश्वभरि श्वासप्रश्वास सम्बन्धी रोग कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या एक करोड नाघेको हो । पछिल्लो सात महिनामा कोरोनाभाइरसले विश्वका करीब पाँच लाख सङ्क्रमितको मृत्यु भइसकेको छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार सङ्क्रमित हुनेको संख्या ९६ लाख मात्रै छ । शनिबार पछिल्लो चौबिस घण्टामा एक लाख ७९ हजार नयाँ सङ्क्रमित दत्र्ता गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म सार्स–कोभ–२ बाट मृत्यु हुनेको संख्या वार्षिकरुपमा इन्फ्लुएन्जाबाट मृत्यु हुने संख्याको दोब्बर हो । सङ्क्रमण नियन्त्रणमा आइसकेको केही राष्ट्रमा भने फेरी सङ्क्रमित हुनेको संख्या बढ्न थालेपछि लकडाउनसहितका सर्तकताका उपायहरु फेरी बढाइएको छ ।
रोयटर्सका अनुसार उत्तरी अमेरिका, ल्याटिन अमेरिका र यूरोपमा कुल सङ्क्रमितको करीब २५ प्रतिशत छन् । मध्य पूर्ब र एशियामा नौ प्रतिशत र ११ प्रतिशत सङ्क्रमित छन् ।
सङ्क्रमणबाट करीब चार लाख ९७ हजारको मृत्यु भइसकेको छ । सार्स–कोभ–२ को पहिलो सङ्क्रमित चीनको वुहान शहरमा जनवरी १० मा पुष्टि भएको थियो । यूरोप, अमेरिका र रुसमा सङ्क्रमण प्रकोपको रुप लिनुभन्दा अघि वुहानमा पुष्टि भएको थियो । भारत र ब्राजिलमा दैनिक सङ्क्रमित हुनेको संख्या १५ हजार भन्दा अधिक भएको छ । अमेरिकामा सङ्क्रमित हुने करीब २५ लाख पुगेको छ ।
विज्ञहरुका अनुसार ल्याटिन अमेरिकी राष्ट्रमा अक्टोबर महिनासम्म मृतकको संख्या तीन लाख ८० हजारसम्म पुग्नेछ । यो सातासम्म उक्त संख्या एक लाख दत्र्ता गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?