logo
२०८१ असोज १० बिहीवार



दुई लाखभन्दा बढी सङ्क्रमित हुने पाकिस्तान बाह्रौँ राष्ट्र

अन्तर्राष्ट्रिय |


दुई लाखभन्दा बढी सङ्क्रमित हुने पाकिस्तान बाह्रौँ राष्ट्र


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १४ गते । पाकिस्तान कोरोनाभाइरसका दुई लाखभन्दा बढी सङ्क्रमित हुने १२ औँ राष्ट्र बनेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कलाई उद्धृत गर्दै जियो न्युजले पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको जनाएको छ ।
पाकिस्तानमा सङ्क्रमित चार हजार ९८ जनाको मृत्यु भएको छ । आधिकारिक तथ्याङ्कबमोजिम पाँच हजार स्वास्थ्यकर्मी सङ्क्रमित छन् । सङ्क्रमित हुनेको सङ्ख्या बढ्दैजाँदा पाकिस्तानले सतर्कतालाई खुकुलो पार्दा विश्व स्वास्थ्य सङ्गठनले जुलाई मध्यसम्म दुई लाखभन्दा बढी सङ्क्रमित पुग्ने प्रक्षेपण गरेको थियो । तर जुन अन्तिममा नै पाकिस्तानमा सङ्क्रमित हुने दुई लाख नाघेको हो ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रस अअदनोम गेब्रेससले सङक्रमणको प्रत्यक्ष असर आर्थिक अवस्थासँग जोडिने बताउनुहुँदै गरिबी रेखामुनि रहेकाको सङ्ख्या दोब्बर हुने दाबी गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?