गोरखापत्र अनलाइन
काठमाडौँ, असार १७ गते । कोरोनाभाइरस महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । ब्राजिली भूगोल तथा तथ्याङ्क विभागले मङ्गलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करिब ७८ लाख व्यक्तिले रोजगारी गुमाएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले ७८ लाखरोजगारी गुमाएका व्यक्तिमध्ये ५८ लाख व्यक्ति अनौपचारिक क्षेत्रमा कार्यरत रहेको उल्लेख गरेको छ । तथ्याङ्क विभागका अनुसार ब्राजिलमा बेरोजगारी दर ५० प्रतिशतभन्दा मुनि गएको यो पहिलो अवसर हो । सन् २०१२ देखि बेरोजगारीको अवस्था सम्मिलित अध्ययनसमेत हुँदैआएको छ ।
ब्राजिलमा १४ वर्षभन्दा माथिको उमेरलाई काम गर्न सक्ने उमेर अन्तर्गत राखिएको छ । ब्राजिलमा करिब आठ करोड ५९ लाख व्यक्ति विभिन्न क्षेत्रमा कार्यरत छन् । गत वर्षको अपेक्षा कार्यरत व्यक्ति ८.३ प्रतिशतले खुम्चिएको हो ।
अर्थविद्हरूले ब्राजिलमा आर्थिक वृद्धिदर ऐतिहासिक रुपमा ह्रासोन्मुख रहेको जनाएका छन् । ब्राजिलकाे केन्द्रीय बैङ्कले आर्थिक वृद्धिदर ६.४ प्रतिशतले घटने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले भने ९.१ प्रतिशतसम्म घटने अनुमान गरेको छ ।