logo
२०८१ असोज ११ शुक्रवार



न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

अन्तर्राष्ट्रिय |


न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १८ गते । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले राजीनामा दिनुभएको छ । कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न उपयुक्त कदम नचालेको र आफैँले लकडाउनको मापदण्ड उल्लङ्घन गरेकोमा स्वास्थ्यमन्त्री देविड क्लार्कले राजिनामा गर्नुभएको हो ।
स्वास्थ्य मन्त्री देविड क्लार्क लकडाउनकै बीच परिवारसहित समुद्री तट पुग्नुभएको थियो । स्वास्थ्य मन्त्री क्लार्कको राजीनामा स्वीकार गरिएको प्रधानमन्त्री जसिन्डा अर्डेनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
कोरोनाभाइरसको प्रकोप सामना गर्न न्युजिल्याण्डले उदाहरणीय काम गरेको भन्दै विश्वभरि उसको प्रशंसा भइरहेको छ । यद्यपि उसले आइसोलेसनमा हेरचाह र सीमा क्षेत्रमा कडाइ गर्न नसकेको भन्दै आलोचना खेप्दैआएको छ । आफन्तको मृत्यु हुँदा आइसोलेसनमा रहेका दुई जनालाई परीक्षणबिना नै घर पठाइएको थियो । पछि दुवै जनामा सङ्क्रमणको पुष्टि भएपछि स्वास्थ्यमन्त्रीको आलोचना भएको थियो ।
न्युजिल्याण्डमा हालसम्म कोरोनाभाइरसका एक हजार ५२८ जना सङ्क्रमित छन्, २२ जनाको मृत्यु भएको छ । गत महिना नै न्युजिल्याण्डमा लगाइएको सबै सतर्कताका उपायहरू खुकुलो पारिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?