logo
२०८१ असोज ११ शुक्रवार



भारतीय प्रधानमन्त्री मोदी चीनसँगको विवादित सीमा क्षेत्रकाे भ्रमणमा

अन्तर्राष्ट्रिय |
फिचर |


भारतीय प्रधानमन्त्री मोदी चीनसँगको विवादित सीमा क्षेत्रकाे भ्रमणमा
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख र लेह क्षेत्रको भ्रमण गर्नुभएको छ । गत महिना चीनसँगको सीमा विवादमा २० जना भारतीय सेनाको मृत्यु भएपछि भारत र चीनबीचको सम्बन्ध चिसिएको छ । यद्दपी दुवै देशले शान्ति र वार्ताकै माध्यमबाट सीमा विवाद हल गर्नुपर्नेमा जोड दिँदैआएको छ ।
भारतीय सञ्चारमाध्यमरूका अनुसार प्रधानमन्त्री मोदीले रक्षा प्रमुख विपिन रावत र प्रधान सेनापति एम एन नरवनेसँगै शुक्रबार बिहान लेह भ्रमण गर्नुभएको हो । हिन्दूस्तान टाइम्सका अनुसार प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा तीनवटै सुरक्षा निकायको तयारी र सीमा विवाद सम्बन्धमा भइरहेको छलफल प्रक्रिया र विवाद समाधानका लागि भइरहेको प्रयासबारे जानकारी लिनुभएको छ ।


प्रधानमन्त्री मोदीले लेह नजिकै थिक्सेस्थित भारतीय सेनालाई सम्बोधन गर्नुहुने र चीनसँगको सीमा विवादमा घाइते हुन पुगेका सेनासँग भेटघाट गर्नुहुने बताइएको छ । सुरक्षा सल्लाहकार अजित डोभालसँग बिहिबार साँझ भेटपछि प्रधानमन्त्री मोदीले लद्दाख क्षेत्रको भ्रमण गर्ने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
प्रधानमन्त्री मोदीलाई उत्तरी सैन्य कमाण्डर लेफ्टिनेन्ट जनरल वाइ के जोशी र १४ औं कोप्र्स कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले निमुस्थित सैन्य गुल्ममा ब्रिफिङ गर्नुभएको छ ।
जुन तेस्रो साता लद्दाखमा चिनियाँ सेनासँगको झड्पमा एक सैन्य अधिकारीसहित २० जना सिपाहीको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री मोदीको भ्रमणलाई सेनाको आत्मबल प्रोत्साहन हुने रुपमा अथ्र्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?