logo
२०८१ असोज ११ शुक्रवार



अमेरिकामा एकैदिन ५५ हजार नयाँ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


अमेरिकामा एकैदिन ५५ हजार नयाँ सङ्क्रमित थपिए
फोटो-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १९ गते । संयुक्त राज्य अमेरिकामा एकैदिन ५५ हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । रोयटर्सका अनुसार कुनै पनि राष्ट्रमा एकैदिनमा यति धेरै सङ्ख्यामा सङ्क्रमित थपिएको यो पहिलो घटना हो । यसअघि ब्राजिलमा जुन १९ मा अहिलेसम्मकै सबैभन्दा बढी ५४ हजार ७७१ जना नयाँ सङ्क्रमित थपिएको थियो ।
अमेरिकामा पछिल्लो चौबिस घण्टामा ५५ हजार २४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै अमेरिकामा कोरोना सङ्क्रमितकाे सङ्ख्या २७ लाख नाघेको छ ।
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म एक लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको ५० मध्ये ३७ राज्यमा नयाँ सङ्क्रमित थपिने क्रम बढ्दो छ । अमेरिकाको फ्लोरिडामा बिहीबार दश हजार नयाँ सङ्क्रमित पुष्टि भएको छ ।
फ्लोरिडामा कुल दुई करोड १० लाख व्यक्ति बसोबास गर्छन् । बुधबार पछिल्लो चौबिस घण्टामा करिब ५० हजार नयाँ सङ्क्रमित थपिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई साताअघि अमेरिकामा दैनिक २० हजार नयाँ सङ्क्रमित थपिँदै आएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?