logo
२०८१ असोज ११ शुक्रवार



फ्रान्सका प्रधानमन्त्री फिलिपद्वारा राजीनामा

अन्तर्राष्ट्रिय |


फ्रान्सका प्रधानमन्त्री फिलिपद्वारा राजीनामा


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १९ गते । फ्रान्सका प्रधानमन्त्री एडौर्ड फिलिपले राजीनामा दिनुभएको छ । सरकार पुनर्गठनको चर्चा चलिरहँदा प्रधानमन्त्री फिलिपले शुक्रबार राजीनामा दिनुभएको हो ।
फ्रान्सको राष्ट्रपति कार्यालयले शुक्रबार एक वक्तव्य जारी गरी फिलिपले दिनुभएको राजीनामा स्वीकृत गरिएको उल्लेख गरेको छ । वक्तव्य फिलिप प्रधानमन्त्रीको रुपमा रहीरहने वा उहाँलाई हटाइनेबारेमा प्रष्ट्याइएको छैन ।
गत साता सम्पन्न स्थानीय चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्रोनको दलले ठूला शहरमा हार बेहोरेको थियो । पराजयपछि आगामी दुई वर्षका लागि सरकार पुनर्गठन गर्ने राष्ट्रपति मैक्रोनले योजना बनाउनुभएको छ । मन्त्रीपरिषद्का सदस्य परिवर्तन गरी फिलिपलाई प्रधानमन्त्रीको जिम्मेवारीमा राख्ने वा नराख्ने सम्बन्धमा अझै स्पष्ट भइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?