logo
२०८१ असोज ११ शुक्रवार



तनाव बढाउने गतिविधिमा रोक लगाउन चीनको जोड

अन्तर्राष्ट्रिय |


तनाव बढाउने गतिविधिमा रोक लगाउन चीनको जोड
तस्विर-ग्लोबल टाइम्स


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १९ गते । चीनले सीमा क्षेत्रमा तनाव बढाउने खालकाे गतिविधि कुनै पक्षले गर्न नहुनेमा जोड दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान चीनसँगको विवादित सीमा क्षेत्रको भ्रमण गरेपछि चीनले यस प्रकारको अभिव्यक्ति दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चाओ लिचियानले भारत र चीन विवादित क्षेत्रको तापक्रम न्यूनीकरण गर्न सैन्य र कूटनीतिक तहमा छलफलमा रहेको बताउनुभयो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओले भन्नुभयो, “यस्तो परिस्थितिमा कुनै पक्षले तनाव बढाउने स्थितिमा रोक लगाउनुपर्छ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान लद्दाख र लेह क्षेत्रको भ्रमण गर्नुभएको छ । सुरक्षा विभाग प्रमुख विपिन रावत, प्रधानसेनापति एम एन नरवनेसँगै लेह पुगेका भारतीय प्रधानमन्त्री मोदीले लेहस्थित गुल्ममा अन्तरक्रिया गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओले भारतले चिनियाँ मोबाइल एप्समाथि लगाएको प्रतिबन्धबारे ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भारतमा चिनियाँ कम्पनीको सञ्चालनको अधिकार सुरक्षित गर्न आवश्यक कानूनी बाटो अपनाउने प्रष्ट्याउनुभयो । भारतले गत साता टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?