logo
२०८१ असोज ११ शुक्रवार



पाकिस्तानका विदेशमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


पाकिस्तानका विदेशमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २० गते । पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । शुक्रबार उहाँले आफूमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार शुक्रबार बेलुकी विदेशमन्त्री शाह मेहमूदले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको पेजमा ज्वरो आएपछि आफू तत्कालै अलग्गिएको उल्लेख गर्नुएको छ । विदेशमन्त्री कुरेशी गत बिहीबार मन्त्रीपरिषद्को बैठकमा समेत उपस्थित हुनुभएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा भएको बैठकमा मन्त्रीपरिषद्का अन्य सदस्यहरूसमेत सहभागी थिए ।

पछिल्लो पटक उहाँले संयुक्त राष्ट्रसङ्घको लागि अफगानिस्तानका प्रतिनिधिसँग समेत भेटवार्ता गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?