logo
२०८१ मंसिर १५ शनिवार



नागाल्याण्डमा कुकुरको मासु आयात तथा बिक्री वितरण प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


नागाल्याण्डमा कुकुरको मासु आयात तथा बिक्री वितरण प्रतिबन्ध
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २० गते । भारतको नागाल्याण्ड राज्यमा कुकुरको मासु बिक्री तथा आयातमा प्रतिबन्ध लगाइएको छ । पशु हकहित संस्थाहरूको वर्षौंदेखिको अभियानलाई मूर्त रुप दिन भारतको उत्तर पूर्वी राज्य नागाल्याण्ड सरकारले उक्त घोषणा गरेको हो ।
पशुहित संस्थाहरूले कुकुरप्रतिको निर्दयी व्यवहार अन्त्य गर्न सरकारी घोषणा महत्वपूर्ण हुने प्रतिक्रिया दिएको छ । तर केही नागरिक समूहले भने राज्य सरकारको घोषणाको आलोचना गर्दै खाद्य छनोटको हननको रुपमा अर्थ्याएको छ ।
बीबीसीका अनुसार नागाल्याण्डका प्रमुख सचिव तेम्जेन टयले शुक्रबार ट्वीट गर्नुहुँदै उक्त निर्णयबारे जानकारी गराउनुभयो । उहाँले बजारमा कुकुरको व्यावसायिक आयात, काँचो वा पाकेको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाउने प्रादेशिक मन्त्रीपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्नुभएको छ ।
राज्य सरकारले प्रतिबन्धको कार्यान्वयन सम्बन्धमा आफ्नो नीति सार्वजनिक गरिसकेको छैन । नागाल्याण्डमा प्रतिवर्ष करिब ३० हजार कुकुरको गैरकानूनी रुपमा व्यापार हुँदै आएको छ । काठको टुक्राले हिर्काउँदै कुकुरलाई मारिन्छ । यसअघि मिजोरम राज्यले समेत मासु प्रयोजनका लागि कुकुरको व्यापारमा प्रतिबन्ध लगाइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?