logo
२०८१ असोज ११ शुक्रवार



प्रकोप सुरु भएयता भारतमा १८ हजारभन्दा बढी भेन्टिलेटर बनाइयो

अन्तर्राष्ट्रिय |


प्रकोप सुरु भएयता भारतमा १८ हजारभन्दा बढी भेन्टिलेटर बनाइयो
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २० गते । कोरोनाभाइरसको प्रकोप सुरु भए यता भारतमा १८ हजार ४५४ भेन्टिलेटर निर्माण गरिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धनका अनुसार भारतमै निर्मित भेन्टिलेटरमध्ये ११ हजार ३०० आपूर्ति गरिएको  र छ हजार १५४ भेन्टिलेटर अस्पतालमा जडान गरिएको छ ।
मन्त्री डा. हर्षवर्द्धनले ‘मेक इन इण्डिया’ भेन्टिलेटर आपूर्ति गर्नुका साथै एक लाख दुई हजार अक्सिजन सिलिण्डरसमेत उपलब्ध गराइएको जानकारी दिनुभयो । सामाचार संस्था एएनआईका अनुसार भारतमा देशभरि छ करोड १२ लाख हाइड्रोक्सीक्लोरोक्वीन औषधी वितरण गरिएको छ ।
भारतमा शुक्रबार पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी २२ हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाभाइरसका कुल छ लाख ४८ हजार ३१५ जना बिरामीको सङ्ख्या पुगेको छ । जसमध्ये दुई लाख ३५ हजार ४३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छन् । तीन लाख ९४ हजार २२७ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?