logo
२०८१ असोज ११ शुक्रवार



कोरोना सङ्क्रमित पाकिस्तानका विदेशमन्त्री सैन्य अस्पतालमा भर्ना

अन्तर्राष्ट्रिय |


कोरोना सङ्क्रमित पाकिस्तानका विदेशमन्त्री सैन्य अस्पतालमा भर्ना
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २१ गते । कोरोनाभाइरसको सङ्क्रमणबाट बिरामी हुनुभएका पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी उपचारका लागि रावलपिण्डी पुग्नुभएको छ । उहाँलाई रावलपिण्डीस्थित सैन्य अस्पतालमा भर्ना गरिएको छ ।
पाकिस्तानको जियो न्यूजले विदेशमन्त्री कुरेशीलाई शनिबार सैन्य अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले विदेश मन्त्री कुरेशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पाकिस्तानका विदेश मन्त्री कुरेशीले शुक्रबार आफूमा सङ्क्रमणको पुष्टि भएको र अलग्गिएर घरबाट काम गरिरहेको जानकारी दिनुभएको थियो ।
टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार विदेशमन्त्री कुरेशी पछिल्लोपटक कोरोनाभाइरसबाट सङ्क्रमित उच्च तहका नेतृत्वसँग छलफलमा सहभागी हुनुभएको थियो । पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार मुत्ताहिदा कौमी मुभमेन्ट पाकिस्तानका नेता एवम् सङ्घीय सूचना तथा सञ्चार मन्त्री सैयद अनिमूल हकसँग छलफल गर्नुभएको थियो । पछि सङ्घीय मन्त्रीमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?