logo
२०८१ असोज ११ शुक्रवार



कोरोनाबाट भारत तेस्रो सबैभन्दा बढी प्रभावित

अन्तर्राष्ट्रिय |


कोरोनाबाट भारत तेस्रो सबैभन्दा बढी प्रभावित
तस्विर–डेक्कन हेराल्ड


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २२ गते । विश्वभरि कोरोना सङ्क्रमणले भारत तेस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । पछिल्लो चौबिस घण्टामा २४ हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेसँगै भारतमा अमेरिका र ब्राजिलपछि तेस्रो सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र बनेको छ । रुसमा पछिल्ला दिनहरूमा सङ्क्रमित हुनेको सङ्ख्या स्थिर हुँदा चौथो सबैभन्दा बढी प्रभावित राष्ट्र हो ।
बीबीसीका अनुसार भारतमा सोमबार बिहानसम्म कोरोनाभाइरसका छ लाख ९७ हजार ४१३ जना सङ्क्रमित छन् । कोरोनाभाइरस सङ्क्रमित १९ हजार ६९३ जनाको मृत्यु भएको छ । मृतक सङ्ख्याबमोजिम भारत आठौँ सबैभन्दा बढी प्रभावित राष्ट्र हो ।
भारतले पछिल्लो महिनादेखि लकडाउन खुकुलो गरेयता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ । दैनिक करिब २० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदैआएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?