logo
२०८१ असोज ११ शुक्रवार



अफ्गानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए

अन्तर्राष्ट्रिय |


अफ्गानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए
तस्विर–सिन्हवा


शरान, साउन ४ गते । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद अरिनले सिन्ह्वालाई भन्नुभयो, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ ।” उहाँका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा दुर्घटनामा परेको उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?