logo
२०८१ असोज ११ शुक्रवार



इरानमा तालिबानको कार्यालय छैनः इरानी विदेश मन्त्रालय

अन्तर्राष्ट्रिय |


इरानमा तालिबानको कार्यालय छैनः इरानी विदेश मन्त्रालय


तेहरान, साउन ५ गते ।
इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान सङ्गठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास अरागाचीले सो कुराको जानकारी दिनुभएको बताइएको छ ।

उहाँले भन्नुभएको छ– तालिबानले इरानको उत्तरपूर्वी नगर मसादमा एक परिषदको स्थापना गरेको हुन सक्छन् तर पनि त्यो परिषद इरान सरकारसँग कुनै पनि हिसाबले सम्बन्धित छैन । उहाँले यहाँको एक टेलिभिजनमार्फत सो कुराको जानकारी गराउनुभएको हो । उहाँले भन्नुभएको छ– यदि त्यो कार्यालय स्थापना गरेको भए पनि त्यो इरान सरकारसँग सम्बन्धित छैन ।

उहाँले गएका केही वर्षदेखि इरान तालिबानहरूको सम्पर्कमा भने रहेको बताउनुभयो । उहाँले भन्नुभयो– हो, हामीहरू उनीहरूको सम्पर्कमै छौँ, उनीहरूका कुरा सुन्छौँ र हाम्रो प्रतिक्रिया पनि दिने गरेको छौँ ।

अमेरिकाले तालिबानसँग सम्पर्क र वार्ताको प्रक्रिया अघि बढाएको छ, तर हामीले भने अहिले तलिबानसँग सम्पर्क पनि गरेका छैनौँ– उहाँले सो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भन्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?