logo
२०८१ असोज १२ शनिवार



कोभिड–१९ का आशङ्कित फेला परेपछि किम जोङ्द्वारा आकस्मिक बैठक आह्वान

अन्तर्राष्ट्रिय |


कोभिड–१९ का आशङ्कित फेला परेपछि किम जोङ्द्वारा आकस्मिक बैठक आह्वान


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ११ गते । कोभिड–१९ को पहिलो सङ्क्रमित फेला परेको आशङ्कापछि उत्तर कोरियाली नेता किम जोङ ऊनले आकस्मिक बैठक बोलाउनुभएको छ । उत्तर कोरियाली समाचार संस्था(केसीएनए)का अनुसार नेता किमले आइतबार बिहान आकस्मिक बैठक बोलाउनुभएको हो ।
केसीएनएका अनुसार कोभिड–१९ का आशङ्कित उक्त व्यक्ति जुलाइ १९ मा उत्तर कोरिया अवैध रुपमा प्रवेश गरेका हुन् । तीन वर्षअघि दक्षिण कोरियामा दोषी पाइएका ती व्यक्ति केसोङ शहर हुँदै उत्तर कोरिया प्रवेश गरेका हुन् । बिरामीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टिनमा बस्न भनिएको छ । साथै व्यक्तिको सम्पर्कमा आएकाहरूलाई समेत पहिचान गरिएको केसीएनएले उल्लेख गरेको छ ।
किम जोङले आशङ्कित फेला परेको स्थान वरिपरि आपातकाल घोषणा गर्नुका साथै उक्त क्षेत्रमा आइसोलेसनका उपायहरू अपनाउन निर्देशन दिनुभएको छ । केसीएनएले व्यक्तिको अवैध प्रवेश सम्बन्धमा केन्द्रीय सैन्य आयोगले छानबिन गरी दोषीमाथि कारबाही गर्ने उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?