logo
२०८१ असोज १२ शनिवार



अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपियो

अन्तर्राष्ट्रिय |


अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपियो


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ११ गते । संयुक्त राज्य अमेरिकामा लगातार चौथो दिन एक हजारजना भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ । गत् जुन महिनामा नियन्त्रणमा आइसके पनि पुनः प्रकोपको रुप लिएपछि विद्यालय बन्द गर्नुपर्ने बहस सुरु भएको छ ।
सीएनएनका अनुसार शनिबार कोभिड–१९ बाट कम्तीमा नौ सय जनाको मृत्यु भएको छ । शुक्रबार एक हजार १३० जनाको मृत्यु भएको थियो । महामारी सुरु भए यता अमेरिकामा कम्तीमा एक लाख ४६ हजार ४६० जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् ।
विभिन्न प्रक्षेपणले अमेरिकामा आगामी अगष्ट १५ सम्म एक लाख ७५ हजार व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ । पछिल्लो चौबीस घण्टामा अमेरिकामा कोभिड–१९ का ६५ हजार ५०० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हालसम्म अमेरिकामा मात्रै कोभिड–१९ सङ्क्रमणको ४१ लाख ७८ हजार २१ जनामा पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?