logo
२०८१ असोज १२ शनिवार



कोरोना सङ्क्रमणबाट उत्तरप्रदेशकी एक मन्त्रीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना सङ्क्रमणबाट उत्तरप्रदेशकी एक मन्त्रीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १८ गते । भारतको उत्तर प्रदेश राज्यमा कोरोना सङ्क्रमणबाट एकजना मन्त्रीको मृत्यु भएको छ । उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहनुभएकी ६२ वर्षीया कमला रानीको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार साउन ३ गते कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्री कमला रानीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । निमोनियाबाट ग्रसित उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो । अस्पतालमा भर्ना भएकै दिन उहाँलाई सघन उपचार कक्षमा राखिएको थियो । अस्पताल स्रोतका अनुसार श्वास लिन कठिनाइ भएपछि उहाँलाई रेम्डिसिभिर औषधी सेवन गर्न दिइएको थियो । केही दिन स्वास्थ्य अवस्था स्थिर हुँदाहुँदै उहाँलाई शनिबार भेन्टिलेटरमा राखियो । आइतबार बिहान उहाँको एसजीपीजीआई अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?