logo
२०८१ असोज १२ शनिवार



भारतमा चौबीस घण्टामा विश्वमै सबैभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |
फिचर |


भारतमा चौबीस घण्टामा विश्वमै सबैभन्दा बढीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । भारतमा पछिल्लो चौबीस घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी मृत्यु हुने अमेरिका र ब्राजिलभन्दा भारतमा पछिल्लो चौबीस घण्टामा मृतकको संख्या बढी दत्र्ता गरिएको छ ।
बीबीसीका अनुसार भारतमा एकैदिन करिब ८०० जनाको मृत्यु भएको हो । त्यसैगरी पछिल्लो चौबीस घण्टामा भारतमा सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा ८०३ जनाको मृत्यु र ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
पछिल्लो समय भारतका उच्च राजनीतिज्ञ तथा अभिनेता समेत कोरोनाभाइरसबाट सङ्क्रमित हुन थालेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाह, दक्षिण भारतका नेता आर सिद्धरमैया लगायत सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?