logo
२०८१ असोज १२ शनिवार



कालाे दिनका रुपमा मनाउने तयारी गरेपछि भारत प्रशासित कश्मिरमा कर्फ्यु

अन्तर्राष्ट्रिय |
फिचर |


कालाे दिनका रुपमा मनाउने तयारी गरेपछि भारत प्रशासित कश्मिरमा कर्फ्यु
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २० गते । भारत प्रशासित कश्मिरमा कर्फ्यु लगाइएको छ । भारतले विशेष राज्यको दर्जा खारेज गरेको दिनलाई विभिन्न समूहले ‘कालो दिन’को रुपमा मनाउने तयारी गरिरहँदा कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बीबीसीका अनुसार अधिकारीहरूले प्रदर्शनको क्रममा हुने सम्भावित हिंसा रोक्न कर्फ्यु लगाइएको बताएका छन् । कोभिड–१९ को सङ्क्रमण सर्ने जोखिमलाई लिएर भिडभाड नगर्नसमेत यस प्रकारको बन्देज लगाइएको अधिकारीहरूले जनाएका छन् । भारतको सङ्घीय सरकारले अगष्ट पाँचमा जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिएको संविधानको धारा ३७० मा संशोधन गरेको थियो ।
जस अनुसार जम्मु कश्मिरलाई दुई प्रान्तमा विभाजन गरेर अर्ध स्वायत्त राज्यको अधिकारसमेत खारेज गरेको थियो । एक वर्ष बितेको उक्त दिनलाई कालो दिनको रुपमा मनाउने तयारी भइरहँदा क्षेत्रमा तनाव बढेको बीबीसीले जनाएको छ । सयौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
कोभिड–१९ ले लगाइएको लकडाउनमा कडाइ हुँदा हिंसा र प्रदर्शनको घटना नियन्त्रित देखिएको बीबीसीले उल्लेख गरेको छ । तीन जना पूर्वमुख्यमन्त्रीहरू नजरबन्दमा राखिएका छन् । जम्मु कश्मिर भारतको एक मात्र मुस्लिम समुदाय बाहुल्य भएको राज्य थियो, जहाँ दशकौँदेखि भारत विरोधी गतिविधि हुँदैआएको छ ।
(बीबीसीको समाचारको आधारमा)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?