logo
२०८१ पुष १८ बिहीवार



भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो


नयाँदिल्ली, साउन २३ गते । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ ।
गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि कुल सङ्क्रमितको सङ्ख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ ।
भारतमा कोरोना सङ्क्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । निको हुनेको सङ्ख्या भने वृद्धि भएको देखिएको छ । हाल भारतमा छ लाख सात हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?