logo
२०८१ असोज १२ शनिवार



भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |
फिचर |


भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोना सङ्क्रमित
तस्विर–इन्डिया टुडे


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २६ गते । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सोमबार अपरान्ह ट्वीट गर्नुहुँदै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको बताउनुभएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि अस्पताल पुगेको बेला उहाँमा सङ्क्रमणको परीक्षण गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, “पछिल्लो एक सातामा मेरो सम्पर्कमा आउनुभएका सबैलाई अलग्गिन र परीक्षण गराउन आग्रह गर्दछु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?