logo
२०८१ असोज १२ शनिवार



भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी ‘भेन्टिलेटर’मा

अन्तर्राष्ट्रिय |


भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी ‘भेन्टिलेटर’मा
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २७ गते । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था अस्थिर देखिएपछि ‘भेन्टिलेटर’मा राखिएको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित मुखर्जीको स्वास्थ्य अवस्था जटिल देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित सेनाको ‘रिसर्च एण्ड रेफरल’ अस्पतालमा सोमबार भर्ना हुनुभएका उहाँको मस्तिष्कको शल्यक्रियासमेत गरिएको छ । मस्तिष्कमा रगत जमेकोले सङ्क्रमण सक्रिय रहेकै अवस्थामा शल्यक्रिया गर्नुपरेको अस्पतालले एक वक्तव्य जारी गरी उल्लेख गरेको छ । अस्पतालले उहाँको जीवन रक्षाको लागि शल्यक्रिया आवश्यक देखिएको जनाएको छ । मुखर्जी ८४ वर्षीय हुनुहुन्छ । उहाँले भारतको १३ औँ राष्ट्रपतिको रुपमा सन् २०१२ देखि २०१७ सम्म पाँच वर्षे कार्यकाल सम्हाल्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?