logo
२०८१ असोज १२ शनिवार



एसियाली मूलकी कमला ह्यारिस डेमोक्रयाटबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

अन्तर्राष्ट्रिय |


एसियाली मूलकी कमला ह्यारिस डेमोक्रयाटबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार
तस्विर–बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । अमेरिकी राष्ट्रपतिको डेमोक्रयाटतर्फका उम्मेदवार जोइ बिडेनले उपराष्ट्रपति पदको लागि एसियाली मूलकी अमेरिकी नागरिक कमला ह्यारिसलाई उम्मेदवार चयन गर्नुभएको छ । क्यालिफोर्नियाकी सिनेटर कमला उपराष्ट्रपति पदको प्रमुख दाबेदार हुनुहुन्थ्यो । नश्लभेदविरुद्धको आन्दोलनका बीच क्यालिफोर्नियाका पूर्व महान्यायधिवक्ता कमलाले प्रहरी पुर्नसंरचनाको माग गर्दै आउनुभएको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति पदको लागि डेमोक्रयाट उम्मेदवार जोइ बिडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग स्पर्धा गर्दै हुनुहुन्छ । राष्ट्रपति पदको निर्वाचन नोभेम्बर ३ का लागि निर्धारण गरिएको छ । भारतबाट जमैका हुँदै अमेरिकी नागरिक हुनुभएकी कमला हयारिसले रिपलब्लीकनबाट उपराष्ट्रपति पदका उम्मेदवार माइक पेन्ससँग साल्ट लेकमा अक्टोबर सातमा बहस गर्नुहुनेछ ।
यसअघि दुई जना मात्रै उपराष्ट्रपति पदमा महिला उम्मेदवारको मनोनय भएको छ । सन् २००८ मा रिपब्लिकनले साराह पलिनलाई र सन् १९८४ मा डेमोक्रयाटले जिर्राल्डीन फेरारोलाई उम्मेदवार बनाएको थियो ।
अमेरिकामा हालसम्म कुनै पनि महिला राष्ट्रपति पदमा निर्वाचित भएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?