logo
२०८१ असोज १२ शनिवार



न्युजिल्याण्डमा १४ जना नयाँ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


न्युजिल्याण्डमा १४ जना नयाँ सङ्क्रमित थपिए
तस्विर–बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २९ गते । न्युजिल्याण्डले आफ्नो सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन गरेको भोलिपल्टै १४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । करिब १०२ दिनसम्म कोरोनाभाइरसविहीन बनेको न्युजिल्याण्डमा बुधबार एकै परिवारका चारजनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
नयाँ सङ्क्रमित पुष्टि भएको १४ जनामध्ये १३ जना सङ्क्रमित परिवारको सम्पर्कमा आएकाहरू छन् । अकल्याण्डमा बुधबार तीन दिनका लागि लकडाउनको घोषणा गरिएको छ । प्रधानमन्त्री जसिन्दा आर्डेनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “हामी भएको परिस्थितिको गम्भिरता देखेका छौँ । अत्यन्तै हतारमा सबैथोक विधिगत् रुपमा केलाइँदैछ ।”
न्युजिल्याण्डका अधिकारीहरूले सङ्क्रमणको पुष्टि भएको सबैजना क्वारेन्टिनमा जाने जानकारी दिँदै सम्पर्कमा आएका सबै पनि क्वारेन्टिनमा हुने जनाएको छ ।
महामारीको सबैभन्दा प्रभावकारी रुपमा नियन्त्रणमा लिएको भन्दै न्युजिल्याण्डको विश्वस्तरमै प्रशंसा हुँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?