logo
२०८१ असोज १२ शनिवार



मोदीसँगै भूमिपूजनमा सहभागी नृत्यगोपाल दासमा कोरोना सङ्क्रमण

अन्तर्राष्ट्रिय |


मोदीसँगै भूमिपूजनमा सहभागी नृत्यगोपाल दासमा कोरोना सङ्क्रमण
तस्विर–एचडब्ल्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यामा श्रीराम मन्दिर स्थापनाको लागि भूमिपूजनमा सहभागी महन्थ नृत्यगोपाल दासमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष हुनुहुन्छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महन्थ गोपाल दासको स्वास्थ्य उपचारमा सक्रिय र गम्भीर भएर लाग्न आग्रह गर्नुभएको छ । उत्तर प्रदेशको मथुराका ‘डिस्ट्रिक्ट मजिस्ट्रेट’ एसआर मिश्रले महन्थ दासलाई उपचारका लागि मेदान्त अस्पतालमा भर्ना गरिएको बताउनुभयो ।
साउन २१ गते अयोध्यामा राममन्दिर स्थापनाका लागि भूमिपूजन समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा महन्थ नृत्य गोपाल दाससँगै भारतीय प्रधामन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तरप्रदेशका राज्यपाल लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?