logo
२०८१ असोज १२ शनिवार



‘भारतमा कोभिड–१९ विरुद्धको तीनवटा खोपको परीक्षण हुँदै’

अन्तर्राष्ट्रिय |
फिचर |


‘भारतमा कोभिड–१९ विरुद्धको तीनवटा खोपको परीक्षण हुँदै’
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३१ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोभिड–१९ विरुद्धको तीनवटा खोप परीक्षणको चरणमा रहेको बताउनुभएको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले भारतमा तीन वटा खोप विकासको चरणमा रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री मोदीले भारतका प्रत्येक नागरिकको स्वास्थ्य अवस्था पहिचान गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउन स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने काम भइरहेको समेत खुलाउनुभयो । प्रधानमन्त्री मोदीले भन्नुभयो, “एउटा होइन, दुई वटा होइन, कोरोनाभाइरसविरुद्धको तीन वटा खोप परीक्षण गरिँदैछ ।” उहाँले सामान रुपमा वितरणका लागि भारी मात्रामा खोप उत्पादनको सबै तयारी पूरा भएकोसमेत जानकारी दिनुभयो ।
भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट करिब ४८ हजार बिरामीको मृत्यु भइसकेको छ । करिब २४ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।
स्वतन्त्रता दिवसको शुभकामना दिन देशवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी सबै खोपका लागि प्रतीक्षामा छौँ, तीन प्रकारको खोप परीक्षणको चरणमा छन् ।” “हाम्रा विज्ञ वैज्ञानिकहरूले हरियो सङ्केत दिनेबित्तिकै भारतमा निर्मित खोप छिट्टै उपलब्ध हुनेछ ।” उहाँले थप्नुभयो ।
प्रधानमन्त्री मोदीले भारतको हरेक नागरिकसम्म खोप पुग्ने गरी पूर्वाधार तयार गरिएको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?