logo
२०८१ असोज १२ शनिवार



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको निधन

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको निधन
तस्विर–बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कान्छो भाइको निधन भएको छ । ट्रम्पका ७१ वर्षीय भाइ रोबर्ट ट्रम्पको शनिबार राति न्युयाेर्कस्थित एक अस्पतालमा निधन भएको हो ।
राष्ट्रपति ट्रम्पले एक वक्तव्य जारी गरी भन्नुभएको छ, “गह्रुँगो मुटु मेरो भाइ गएराति बितेको जानकारी साझा गर्नुपरेको छ ।” रोबर्ट ट्रम्पको मृत्युको कारण भने स्पष्ट भइसकेको छैन । राष्ट्रपति ट्रम्पले शुक्रबार नै भाइ भर्ना भएको न्युयाेर्कस्थित अस्पताल पुग्नुभएको थियो । अमेरिकी सञ्चारमाध्यमहरूले भने रोबर्ट ट्रम्प गम्भीर बिरामी परेको उल्लेख गर्दै आएको थियो ।
राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “ऊ मेरो भाइ मात्रै नभएर अत्यन्तै घनिष्ट मित्र पनि थिए, उसको स्मरण सधैँ मेरो मुटुले गरिरहनेछ ।” फ्रेड र मैरी एनी ट्रम्पको पाँच सन्तानमध्ये रोबर्ट सबैभन्दा कान्छो हुनुहुन्थ्यो । डोनाल्ड ट्रम्प जन्मेको दुई वर्षपछि रोबर्टको जन्म भएको थियो । फ्रेड र मैरीको सबैभन्दा जेठोको सन् १९८१ मा नै निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?