logo
२०८१ असोज १२ शनिवार



भारतीय क्रिकेटर एवम् मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमणबाट मृत्यु

अन्तर्राष्ट्रिय |
खेलकुद |


भारतीय क्रिकेटर एवम् मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमणबाट मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३२ गते । भारतीय क्रिकेटर एवम् उत्तरप्रदेश राज्यको सैन्य हित एवम् नागरिक सुरक्षा मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोभिड–१९ बाट सङ्क्रमित ७३ वर्षीय चौहानको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारको क्रममा उहाँको आइतबार साँझ निधन भएको हो । चौहानकी श्रीमती र छोरा अष्ट्रेलियाको मेलबर्न बस्दैआएका छन् । चौहान अस्पताल भर्ना भएपछि दुवै जना आजै भारत आउन’ तय गरेका थिए । परिवारका सदस्यहरू नआउँदै चौहानको निधन भएकाे छ ।
भारतीय क्रिकेट टोलीमा ओपनर ब्याट्सम्यानको भूमिकामा रहनुभए पनि उहाँले एउटै शतक लगाउनुभएको छैन् । उत्तरप्रदेशमा सांसद निर्वाचित हुनुअघिसम्म उहाँ क्रिकेटको विश्लेषणको भूमिकामा हुनुहुन्थ्यो । उहाँको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?