logo
२०८१ असोज १२ शनिवार



भारतमा एकैदिन आठ लाख बढी नमूना परीक्षण

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिन आठ लाख बढी नमूना परीक्षण
तस्विर-इन्डियाटीभी न्युज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २ गते । भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या २७ लाख नाघेको छ । गत् सोमबार २६ लाख सङ्क्रमित पार गरेको भारतमा दुई दिनमा एक लाखभन्दा बढी नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट भारतमा मृत्यु हुने ५१ हजार ७९७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा भारतमा ८७६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । ५५ हजार ७९ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै हालसम्म भारतमा २७ लाख दुई हजार ७४२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार भारतमा छ लाख ७३ हजार १६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । १९ लाख ७७ हजार ७७९ जना कोरोनामुक्त भएका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइन संस्करणको अनुसार हालसम्म तीन करोड नौ लाख ४१ ह्जार २६४ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये पछिल्लो चौबीस घण्टामा मात्रै आठ लाख ९९ हजार ८६४ जनाको नमूना परीक्षण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?