logo
२०८१ असोज १२ शनिवार



फिलिपिन्समा भूकम्पको धक्का, घरहरूमा क्षति

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा भूकम्पको धक्का, घरहरूमा क्षति


मनिला, भदौ २ गते । मध्य फिलिपिन्समा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट घरहरूमा क्षति पुगेको छ भने मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।
फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो ।
मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरूमा धाँजा फाटेको तथा घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो । उहाँले प्रभावित क्षेत्रहरूमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरू परिचालन भइसकेको पनि बताउनुभयो ।
उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो । प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ । सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७.७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप