logo
२०८१ असोज १२ शनिवार



मालीमा सैन्य विद्रोह, राष्ट्रपतिद्वारा सरकार र संसद विघटन

अन्तर्राष्ट्रिय |


मालीमा सैन्य विद्रोह, राष्ट्रपतिद्वारा सरकार र संसद विघटन
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । सेनाले नजरबन्दमा राखेपछि मालीका राष्ट्रपति इब्राहिम बौबाकर कैटाले राजिनामा दिनुभएको छ । टेलिभिजनबाट देशबासीलाई गर्नुभएको सम्बोधनमा उहाँले सरकार र संसद विघटन गरेको बताउनुभयो ।
“आफू सत्तामा बसिरहन रगत बगेको देख्न चाहन्न ।”– उहाँले आफ्नो सम्बोधनको क्रममा बताउनुभयो । प्रधानमन्त्री बौबो सिसे र राष्ट्रपति बौबाकर कैटालाई राजधानी बमाको नजिकैको गणमा लग्दै नजरबन्द गरेको केही घण्टापछि राष्ट्रपतिले संसद र सरकार विघटनको घोषणा गर्नुभएको हो । सेनाभित्र भुक्तानी, जिहादी समूहसँग लडाईको निरन्तरता र पूर्ब राष्ट्रपतिको असन्तुष्टीलाई लिएर आक्रोश उत्पन्न भएको थियो ।
बीबीसीका अनुसार राष्ट्रपति कैटो, प्रधानमन्त्री सिसे, राष्ट्रपतिका छोरा, राष्ट्रिय सभाका सभामुख, विदेश र अर्थ मन्त्रीलाई पनि नजरबन्दमा राखिएको छ ।
कैटाले सन् २०१८ मा दोस्रो पटक चुनाब जित्नुभएको थियो । तर भ्रष्टाचार, अर्थ व्यवस्थाको गलत परिचालन र साम्प्रदायिक हिंसामा भएको वृद्धिलाई लिएर मालीमा आक्रोश बढ्दै गएको छ । पछिल्ला दिनहरुमा ब्यापक र भारी संख्यामा सर्वसधारण सडकमा उत्रेर विरोध प्रदर्शन गर्दै आएका थिए । नयाँ विपक्षी गठबन्धन कन्जरभेटिभ इमामका नेता महमौद डिकोले पुर्नसंरचनाको माग गर्दै एकताको सरकार गठन गर्न प्रस्ताब गर्दै आउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?