logo
२०८१ असोज १२ शनिवार



रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार

अन्तर्राष्ट्रिय |


रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार
तस्विर–अलजजिरा


मस्को, भदौ ५ गते। रसियाली चिकित्सकहरूले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा रहनु भएको छ । साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गर्नु भएका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई बिमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरूको आरोप छ । बिमानमा चिया पिएलगत्तै असहज महशुस गर्नुभएका नाभाल्नी त्यसयता बेहोस हुनुहुन्छ ।
नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भन्नुभएको छ, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताउनुभएको छ । उहाँको अवस्था अस्थिर छ । परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन ।”
नाभाल्नीको टोलीका सदस्यहरूले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क बिमानस्थलमा एउटा बिमान तयारी अवस्थामा राखिएको बताएका छन् । ओम्स्क शहर जर्मनीको शहरबाट करिब ४ हजार २०० किलोमिटर टाढा छ र यहाँबाट बिमानमा छ घण्टा लाग्छ । नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताउनुभएको छ । तर अधिकारीहरूले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन् । स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ ।
ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताउनुभएको छ । तर नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम छ, उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप