logo
२०८१ असोज १२ शनिवार



दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी
तस्विर-निकै एशियन रिभ्यु


सोल, भदौ ६ गते ।
दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरूमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।
सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरू गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरूमा रोक लगाइएको छ । स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरूमा देशभरि नै रोक लगाइएको जानकारी दिनुभएको हो ।
दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उहाँले बताउनुभयो । नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिकाभित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय थप बढ्दैगएको पाइएको छ ।
सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरूमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिनुभयो । कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरू लगाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप