logo
२०८१ असोज १२ शनिवार



सङ्क्रमित फेला पार्न स्पेनमा प्रशिक्षित सेना परिचालन गरिँदै

अन्तर्राष्ट्रिय |


सङ्क्रमित फेला पार्न स्पेनमा प्रशिक्षित सेना परिचालन गरिँदै
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १० गते । स्पेनले कोरोनाभाइरस सङ्क्रमितको पहिचान गर्न दुई हजार सेना परिचालन गर्न लागेको छ । स्पेनमा सङ्क्रमण प्रभावित क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमित र सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी अलग्याउन सेना परिचालन गर्न लागिएको हो ।
स्पेनिस प्रधानमन्त्री पेड्रो साञ्चेजले भन्नुभयो, “सङ्क्रमणबाट बढी प्रभावित क्षेत्रमा ट्रयाक गर्न प्रशिक्षित सेना परिचालन गरिँदैछ ।” स्वास्थ्यविद्हरूले कोरोना भाइरस सङ्क्रमित ‘ट्रेस’ गर्ने दक्ष जनशक्तिको अभावमा सङ्क्रमणको दोस्रो तरङ्ग देखिएको गुनासो गर्दैआएका छन् । स्पेनमा करिब चार लाख सङ्क्रमित छन् ।
पश्चिमी यूरोपमा उक्त सङ्ख्या सबैभन्दा बढी हो र यूरोपकै सबैभन्दा तीव्र गतिमा स्पेनमा सङ्क्रमण फैलँदैछ । स्पेनमा कोरोना सङ्क्रमणबाट करिब २९ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?