logo
२०८१ असोज १२ शनिवार



क्राइस्टचर्च विष्फोट घटनाका अभियुक्तलाई मृत्यु नहुञ्जेल कारावासको सजाय

अन्तर्राष्ट्रिय |


क्राइस्टचर्च विष्फोट घटनाका अभियुक्तलाई मृत्यु नहुञ्जेल कारावासको सजाय
तस्विर-बीबीसी, न्युजिल्याण्डको क्राइस्टचर्च विष्फोटका पीडितहरु


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ११ गते । न्युजिल्याण्डमा ५१ जनाको मृत्यु हुने गरी गत वर्ष भएको मस्जिद आक्रमणको घटनाका अभियुक्तलाई प्यारोल बिना मृत्यु नहुञ्जेलसम्म कारावासको सजाय सुनाइएको छ । न्युजिल्याण्डको न्यायिक इतिहासमा पहिलो पटक कुनै व्यक्तिलाई यसप्रकारको सजाय दिइएको हो ।
अष्ट्रेलियाका २९ वर्षीय ब्रेन्टन टारन्ट उक्त घटनाका अभियुक्त हुन् । मस्जिद आक्रमणको घटनामा ५१ जनाको मृत्यु भएको थियो । टारन्टमाथि ४० जना अन्य व्यक्तिको हत्या प्रयासको आरोप लगाइएको छ । र अर्को एक घटनामा आतङ्कवादको आरोप लगाइएको छ ।
बीबीसीका अनुसार न्यायाधीश क्यामरुन मान्डरले टारन्टको गतिविधिलाई ‘अमानवीय’ भनेर टिप्पणी गर्नुभएको छ । घटना गर्दा कुनै प्रकारको दया नदेखाएको न्यायाधीशले उल्लेख गर्नुभएको छ । गत वर्ष मार्च महिनामा भएको उक्त घटनाको सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएको थियो । घटनाबाट विश्व जगत स्तब्ध भएको थियो । न्युजिल्याण्डको इतिहासमा पहिलो पटक आतङ्कवादको मुद्दा टारन्टमाथि चलाइएको हो ।
प्यारोल बिनाको सजाय भन्नाले अपराधी ठहर भएका व्यक्तिले सजायको केही भाग बिताएपछि निस्किन पाउने अवसरको ढोका बन्द गर्नु हो । न्युजिल्याण्डको न्याय प्रणालीमा मृत्युदण्डको सजायको व्यवस्था छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?