logo
२०८१ असोज १२ शनिवार



जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने

अन्तर्राष्ट्रिय |


जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने
तस्विर–बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १२ गते । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारणले राजिनामा गर्नुहुनेभएको छ । उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरूले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका छन् ।
आबे लामो समयदेखि अलसेराइटिभ कोलाइटिस(आन्द्रा)को रोगबाट ग्रसित हुनुहुन्छ । पछिल्लो समयमा उहाँको स्वास्थ्य अवस्था बिग्रेपछि उहाँ अस्पताल भर्ना भएर उपचाररत हुनुहुन्छ । जापानको सामुदायिक प्रसारक एनएचकेले ६५ वर्षीय आबेले आफ्नो स्वास्थ्य अवस्थाले सरकारको कामकारबाहीमा प्रभाव पर्न नहुने इच्छा व्यक्त गर्नुभएको छ ।
गत साता मात्रै उहाँ जापानमा लगातार लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने इतिहास बनाउनुभएको छ । उहाँ सन् २०१२ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सन् २००७ मा पनि उहाँ ठूलो आन्द्राको रोगको कारणले प्रधानमन्त्रीको जिम्मेवारीबाट राजिनामा गर्नुभएको थियो । किशोरावस्थादेखि नै उहाँ ठूलो आन्द्राको रोगबाट ग्रसित हुनुभएको बीबीसीले उल्लेख गरेको छ । उहाँ कट्टर रुढीवादी र राष्ट्रवादी छविका नेता हुनुहुन्छ ।
उहाँले जापानको आर्थिक वृद्धिका लागि आक्रामक नीति अँगालेपछि जापानको आर्थिक पद्धतिलाई ‘आबेइकोनोमिक्स’ पनि भन्ने गरिन्छ । जापानको रक्षा क्षेत्रलाई सुदृढ बनाउन समेत उहाँको योगदान महत्वपूर्ण मानिन्छ ।
एक साताभित्र उहाँले दुई वटा अस्पतालमा उपचारका लागि भ्रमण गर्नुभएको छ । जसले उहाँको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न आकलन गरिएको छ । उहाँको कार्यकाल सेप्टेम्बर २०२१ सम्म रहिरहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?