logo
२०८१ असोज १२ शनिवार



पाकिस्तानमा भीषण बाढी पहिरो, ३० जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा भीषण बाढी पहिरो, ३० जनाको मृत्यु
तस्विर-गल्फन्यूज


कराँची, भदौ १३ गते। पाकिस्तानमा भिषण बाढी र पहिरो आएको छ । केही दिनयता जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो । पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पुर्याएको छ ।
बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा कम्तीमा ३० जना नागरिकको ज्यान गएको छ । पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पुर्याएको छ । यहाँ हजारौँको सङ्ख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ ।

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन् । अकस्मातको भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरूमा पनि क्षति पुगेको बताइएको छ ।

वर्षा नरोकिएकोले अझै सतर्क रहन स्थानीय प्रशासनहरूले सूचना जारी गरेका छन् । आवश्यक सहयोगका लागि ठूलो संख्याका उद्धारकर्मी र सेना परिचालन गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?