logo
२०८१ असोज १३ आईतवार



इस्लामिक स्टेटसँगको युद्धमा एक हप्तामा ४८ सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय |


इस्लामिक स्टेटसँगको युद्धमा एक हप्तामा ४८ सैनिकको मृत्यु
तस्विर-मिडलइस्ट आइ


दमास्कस,भदौ १४ गते।
सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।
आइएसमाथि रूसको सहयोगप्राप्त सिरियाली सेनाले हवाई आक्रमणहरू समेत गरेको थियो । आइएस लडाकूतर्फ २२ र सरकारी ४८ सैनिकको मृत्यु भएको ‘सिरियन अब्जरर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । आक्रमणपछि सरकार समर्थक ५२ लडाकू पनि सम्पर्कमा नआएको बताइएको छ ।
बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार उक्त आक्रमणमा रुसको सहयोगमा विद्रोहीविरूद्ध हवाई आक्रमणसमेत भएको थियो । सिरियाली आइएस समूहले मुलुकका अन्य भागमा नियन्त्रण गुमाइसकेको भए पनि दुर्गम पूर्वी होम्स र देइर अल–जौर प्रान्तलाई अझै आफ्नो प्रभाव क्षेत्रका रूपमा जोगाउन सफल छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?