logo
२०८१ असोज १३ आईतवार



नाभाल्नीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

अन्तर्राष्ट्रिय |


नाभाल्नीको स्वास्थ्य अवस्थामा सामान्य सुधार
तस्विर-फाइल


बर्लिन, भदौ २३ गते। रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नाभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा रुसबाट जर्मनी ल्याइएको थियो ।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व मिसाएर दिइएको जनाएका छन् । जर्मन सरकारले गत साता रुसमाथि उक्त काण्डको विस्तृत अनुसन्धान गर्न आग्रह गरेको थियो ।
बर्लिनस्थित च्यारिटी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा नाभाल्नीलाई कोमाबाट मेकानिकल भेन्टिलेटरमा सारिएको उल्लेख छ । तर नाभाल्नीमाथि रसायनको असर के कस्तो रहन्छ भनेर अहिल्यै भन्न नसकिने अस्पतालले जनाएको छ ।

जर्मनीका अधिकारीहरुले गत साता नै नाभाल्नीमाथि नोभिचोक नामको रसायनबाट आक्रमण गरिएको जनाएका थिए । बेलायती अधिकारीहरुले पनि रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उहाँकी छोरीलाई सन् २०१८ मा पनि विगतमा यही नोभिचोकबाट आक्रमण गरिएको बताएका छन् ।

जर्मनी झैं बेलायत, संयुक्तराज्य अमेरिकाले पनि उक्त घटनाप्रति आपत्ति जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप