logo
२०८१ असोज १३ आईतवार



‘जुनसुकै परिस्थिति र मूल्यमा टोक्यो ओलम्पिक साकार हुन्छ’

अन्तर्राष्ट्रिय |
खेलकुद |


‘जुनसुकै परिस्थिति र मूल्यमा टोक्यो ओलम्पिक साकार हुन्छ’


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । जापानका ओलम्पिक मन्त्रीले पुर्ननिर्धारित टोक्यो ओलम्पिक ‘जुनसुकै परिस्थिति’मा पनि सन् २०२१ म हुनुपर्ने जोड दिनुभएको छ । टोक्यो ओलम्पिन सन् २०२० को जुलाईमा हुने निर्धारण गरिएकोमा कोभिड–१९ को महामारीले एक वर्षका लागि स्थगित हुन पुगेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोक्यो ओलम्पिक सन् २०२१ को मार्चभित्र सम्पन्न हुने गरी समयसीमा तोकेको छ ।
बीबीसीका अनुसार सोमबार नै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक ‘कोभिड हुँदा वा नहुँदा’ अगाडि बढ्ने जनाएको छ । ओलम्पिक मन्त्री साइको हाशिमोतोले मंगलबार भन्नुभयो, “संलग्न सबैजना ओलम्पिक साकार पार्न एकढिक्का भएर लागेका छन्, खेलाडीबाट समेत आगामी वर्ष हुने गरी बल लगाइएको छ ।” “हामीलाई जस्तोसुकै मूल्यमा खेल सम्पन्न गर्नुछ, कोभिड–१९ विरुद्धको सतर्कताका उपायका लागि मैले पूर्ण ध्यान लगाउन चाहेको छु ।”-उहाँले थप्नुभयो । 
ओलम्पिक आयोजकले कोभिड–१९ को समयमा पनि ओलम्पिक साकार पार्ने दुई सय प्रस्ताबहरुमाथि विचार गर्दैछ । जसमा खेलाडीमाथि यात्रा प्रतिबन्धलाई खुकुलो बनाउने, खेलाडी ग्राममा एन्टी भाइरस सतर्कताका उपायहरु अपनाउने गतिविधि संलग्न छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?