नयाँ दिल्ली, भदौ २७ गते। भारतमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ९७ हजार ५७० जना सङ्क्रमित भएका छन् । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । कोरोनाभाइरसबाट अमेरिकापछि भारत सबैभन्दा दोस्रो सबैभन्दा ठूलो प्रभाबित राष्ट्र हो। ब्राजिलमा करिब ४२ लाख संक्रमितको पुष्टि भएको छ। अमेरिका र भारतपछि ब्राजिल सबैभन्दा बढी प्रभाबित हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या ७७ हजार ४७२ पुगेको छ । एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् ।