काबुल, कात्तिक १२ गते।
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ ।
एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरु हालै मात्र जेल मुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकूलाई जेल मुक्त गरिएको थियो ।
काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमाण्डरसहित कम्तीमा पाँच जना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताउनु भएको छ ।
कोचीले हालै जेल मुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जानकारी दिनु भएको छ ।
अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकू मारिनुको साथै अरु दुई तालिबानी लडाकू घाइते भएका कोचीले बताउनु भएको छ ।
उत्तरपूर्वी अफगान प्रान्तको कुन्दुज प्रान्तमा बम विस्फोटको एउटा अर्को घटनामा पाँच तालिबानी लडाकूको मृत्यु भएको छ ।
तरनाब इलाकामा भएको एक बम बिष्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित पाँच जना तालिबानी लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस घटनाको विषयमा तालिबानी लडाकू समूहले केही टिप्पणी भने गरेका छैनन ।