logo
२०८१ मंसिर ८ शनिवार



ट्रम्पकाे अस्त र वाइडेनको उदयपछिकाे अमेरिकी विदेश नीति

अन्तर्राष्ट्रिय |


ट्रम्पकाे अस्त र वाइडेनको उदयपछिकाे अमेरिकी विदेश नीति


इश्वरचन्द्र झा
काठमाडौं, कात्तिक २३ गते । करिब एक साताको अनिश्चिततापछि जो वाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको छ । डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा विश्वसँग अमेरिकाको सम्बन्ध गहन रुपमा परिवर्तन भयो । जसमध्ये चीन, इरान र रुससँगको सम्बन्धले खास अर्थ राखेको छ ।
चीन
पछिल्लो चार वर्षमा अमेरिकाको चीनसँगको सम्बन्ध अत्यन्तै उतारचढाबपूर्ण रह्यो । डोनाल्ड ट्रम्पको बर्हिगमनपछि बेइजिङ हर्षित भएको हुनसक्ने अनुमान गरिएको छ । चीनसँगको ब्यापार युद्धदेखि कोरोनाभाइरस महामारीको उत्पत्तिलाई लिएर चीनमाथि दोषारोपण गर्नु जस्ता कारणले डोनाल्ड ट्रम्पको चीनसँगको सम्बन्धमा एकरुपता रहेन ।
तर केही विश्लेषकले भने ट्रम्पको बर्हिगमनलाई लिएर चिनियाँ नेतृत्व गोप्यरुपमा दुखित हुनसक्ने बताउँछन् । तर ट्रम्पसँगको स्नेहले गर्दा होइन । व्हाइट हाउसमा ट्रम्पको चार वर्षे बसाई उसको लागि उपयोग गर्ने एउटा ठूलो पुरस्कार नै देखियो । घरमै विभाजित, विश्वमा एक्लिदै गएको र लामो समयदेखि प्रतिक्षा गरिएको अमेरिकी शक्तिको ह्रासको अवतार रुपमा ट्रम्प चित्रित हुन पुग्नुभयो ।
अमेरिकामा राष्ट्रपति चुनाबको मतगणनाले विश्वका सञ्चारमाध्यमको ध्यान आकृष्ट गरिरहँदा चिनियाँ सञ्चारमाध्यमले भने चुनाबमा केन्द्रित भएको देखिएन । प्रदर्शनकारी, विद्वेष र अमेरिकामा कोरोना भाइरसको बढ्दो सङ्क्रमण दर चिनियाँ सञ्चारमाध्यमको प्राथमिकतामा रह्यो ।
चीनले जलवायु परिवर्तन जस्ता महत्वपूर्ण मुद्दामा जो वाइडेनले समन्वयका लागि देखाएको उत्सुकताबाट फाइदा लिने प्रयास गर्नेछ । तर वाइडेनले अमेरिकी गठबन्धन राष्ट्रसँगको सम्बन्ध मरम्मत गर्न समेत प्रतिबद्ध हुनुपर्नेछ । ट्रम्पको एक्लै हिंड्ने मार्गचित्रभन्दा बिडेनको यस्तो नीतिले चीनको ‘सुपरपावर’ बन्ने महत्वकांक्षालाई बाधित बनाउन सक्नेछ ।
बिडेनको जितले चीनको आफ्नै स्वरुपको राजनीतिक प्रणालीको सेरोफेरोमा डेमोक्रयाटिक मूल्य मान्यताप्रति आस्था राख्न चुनौतीको सामना गर्न सक्नुपर्ने हुनसक्छ ।
भारत
भारत लामो समयदेखि अमेरिकाको एक महत्वपूर्ण साथी हो । र वाइडेनको कार्यकालमा चौतर्फी क्षेत्रमा पूर्णरुपमा परिवर्तन हुने सम्भावना देखिन्न । दक्षिण एशियाको सबैभन्दा बढी जनसंख्या भएको भारतको सहयोगमा इन्डो प्यासेफिक रणनीति अन्तगर्त चीनको उदयमा कटौती गर्ने र आतंककारी गतिबिधि निरुत्साहित गर्न केन्द्रित हुनसक्छ । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आन्तरिक नीतिलाई लिएर आलोचना गर्न चाहेनन् ।
तर वाइडेनको अभियानले भने काश्मिरमुद्दादेखि नागरिकता विधेयकबारे आलोचना गर्यो । र उपराष्ट्रपति नियुक्तिको पर्खाइमा रहनुभएकी कमला हयारिश भने आफैं भारतीय मूलकी हुन् । भारतको चेन्नईमा हुर्किएकी हयारिशको व्हाइट हाउस प्रवेशले अमेरिकामा मात्रै नभई भारतमा समेत उत्सवको वातावरण तयार गर्नेछ ।
दुई कोरिया
उत्तर कोरियाले कुनै बेला वाइडेनलाई “रयाबिड डग”को उपमा दिएको थियो तर किम जा्ङ उनले भने अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिलाई थप जिस्क्याउनुभन्दा सचेतनापूर्ण लेखाजोखा गरेको हुनुपर्छ । किमले डोनाल्ड ट्रम्पको अर्को कार्यकालको अपेक्षा गरेको हुनसक्छ । दुबैजनाको अचानक भेटघाटको तस्विरले इतिहासको पाना सजियो । तर उपलब्धि भने उल्लेख्य हुन सकेन । दुबै राष्ट्रले अपेक्षा गरे बमोजिमको सफलता हात पार्न सकेनन । पछिल्ला दिनहरुमा उत्तर कोरियाले परमाणु कार्यक्रम निरन्तरता दिइरह्यो । र अमेरिकाले कडा प्रतिबन्ध लगाइरहयो ।
जो वाइडेनले उत्तर कोरियाले थप छलफल वा भेटघाटका लागि परमाणु हतियार कार्यक्रम त्याग्ने इच्छा देखाउनुपर्ने बताउनुभएको छ । वाइडेनले प्योङयाङसँग कुनै वार्ता सुरु हुनुअघि तनाबपूर्ण स्थिति निम्तिन सक्ने थुप्रै विश्लेषकहरुको दाबी छ ।
किम जोङगले वाशिंगटनको ध्यान आकृष्ट गर्न लामो दूरी क्षेप्यास्त्र परीक्षण गर्न सक्ने तर अहिलेको भन्दा कठोर प्रतिबन्ध आउने गरी सम्बन्ध बिग्रिने स्तरसम्म नलग्ने पक्षमा रहनेछन् ।
दक्षिण कोरियाले यसअघि नै उक्साउने बाटो बन्द गर्न उत्तरलाई चेताबनी दिइसकेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुनको डोनाल्ड ट्रम्पसँग केही मुद्दामा मतभिन्नता हुनसक्छ, तर किमसँगको भेट गर्ने साहसलाई उहाँले प्रशंसा गर्दै आउनुभएको छ । र मुनले कोरियाली महाद्विपमा ७० वर्षको लामो द्वन्द अन्त्य गर्न रुचाउनुभएको छ । दक्षिण कोरियाले अमेरिकाको नयाँ प्रशासनले उक्त रणनीति अपनाएको सूक्ष्म रुपले अध्ययन गर्नेछ ।
रुस
क्रेमलिनमा उच्च सुन्ने क्षमता छ । जोइ बिडेनले रुसको उच्चारण गर्दै अमेरिकाका लागि सबैभन्दा ठूलो जोखिम भनिरहँदा मस्कोले स्पष्ट र ठूलो आवाजमा उक्त धारणालाई विश्लेषण गर्यो । क्रेमलिनसँग उच्च स्मरण क्षमता पनि छ । सन् २०११ मा जो बिडेन उपराष्ट्रपति हुँदा भ्लादिमिर पुटिनबारे गर्नुभएको टिप्पणी उसलाई अझै ताजा लागेको छ ।
बिडेनले आफू पुटिन भएको भए राष्ट्रपतिका लागि फेरि चुनाब लड्ने इच्छा नराख्ने टिप्पणी गर्नुभएको थियो । उहाँले रुसका लागि समेत पुटिन राम्रो नहुने गर्नुभएको टिप्पणी पुटिनलाई अझै स्मरण छ । डेमोक्रयाटबाट जोखिम देखेर नै सन् २०१६ को चुनाबमा रुसले रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई सघाएको बताइन्छ । बिडेनको कार्यकालमा अमेरिकाको रुससँगको सम्बन्धमा अझै खाडल निम्तिने विश्वास गरिएको छ । यद्दपी रुसले ट्रम्पको युगभन्दा राम्रो सम्बन्ध बनाउने अपेक्षासहित सम्बन्ध सुधारको पहल गर्ने बताइन्छ ।
इरान
अमेरिकी चुनाबको साता अघि राष्ट्रपति ट्रम्पले आफू पुर्ननिर्वाचित भएको अवस्थामा सबैभन्दा पहिलो टेलिफोन इरानबाट सहमतिको लागि वार्तामा आउन तयार रहेको सुन्न चाहेको बताउनुभएको थियो । तर सहमतिको लागि ट्रम्प प्रशासनसँग वार्ता गर्ने प्रसङ्ग असम्भव जस्तै हो । ट्रम्प प्रशासनले चालेको कठोर प्रतिबन्धको कारण इरानको आर्थिक अवस्था टाट पल्टिने अवस्थामा पुगेको छ ।
तर जो बिडेनको आगमनले इरानलाई सहमतिमा आउने बाटो खुकुलो बनाउने विश्वास गरिएको छ । उहाँले कुटनीतिक माध्यमले इरानसँग परमाणु सम्झौताको पहल गर्ने बताउनुभएको छ । तर इरानले भने अमेरिकी चुनाबले तेहरानको नीतिमा कुनै परिवर्तन नल्याउने प्रष्ट्याइसकेको छ ।
(बीबीसीले तयार गरेको रिपोर्टको अनुवादित अशं)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?