logo
२०८१ पुष २२ सोमवार



कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ लडाकू मारिए

अन्तर्राष्ट्रिय |


कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ लडाकू मारिए
तस्विर-द वाल स्ट्रिट जर्नल


काबुल, मंसिर २१ गते। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।
कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।
शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।
तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?