logo
२०८१ पुष २२ सोमवार



चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

अन्तर्राष्ट्रिय |


चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत
तस्विर- ग्लोबल टाइम्स


बेइजिङ, मंसिर २५ गते।
चिकित्सा संस्था र बिमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल विमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ । मस्यौदाले मेडिकल विधेयकहरूको समयमै व्यवस्थापन गर्नुका साथै विमा कोषहरूको तुरून्त बाँडफाँडको काम गर्नेछ ।
यसले विमा जालसाझीलाई विभिन्न माध्यमबाट जरिवाना र मेडिकल प्रमाणपत्र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ । बेइजिङ, तियानजिन, हेबेईलगायतका १० प्रान्तस्तरीय क्षेत्रले मेडिकल–विमा कोषहरूको सुपरिवेक्षणका लागि वैधानिक विशेष संस्थाको गठन गरिसकेका राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले जनाएको छ ।
“सेवामुखी यस मस्यौदाको उद्देश्य मेडिकल बीमा कोषको जनताको वैधानिक अधिकारको रक्षा, चिकित्सा बीमा कोषहरुको निरीक्षण र सुदृढीकरणको रहेको छ,” राष्ट्रिय स्वास्थ्य सुरक्षा अनुसन्धान संस्थानका सह–व्यवस्थापक यिंग याझेनले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?