logo
२०८१ पुष २४ बुधवार



मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

अन्तर्राष्ट्रिय |


मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु
तस्विर-फ्रान्स २४


बामाको, पुस १० गते।
मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा उपचारकै क्रममा पेरिसमै उहाँको निधन भएको हो ।
पार्टीका सञ्चार सचिव डेम्बा ट्राओरेले सामाजिक सञ्जालमा शुक्रबार लेख्नुभएको छ, “हाम्रो पार्टीका अध्यक्ष सौमैला सिसेको आज बिहान निधन भएको छ, यसले हामीलाई मर्माहत बनाएको छ, उहाँको पेरिसमै निधन भएको हो ।”
उहाँ माली सरकारको मन्त्री पनि हुनुभएको थियो । उहाँलाई गत मार्चमा हतियारधारी व्यक्तिहरुले अपहरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?