logo
२०८१ पुष २४ बुधवार



चीनमा १० करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

अन्तर्राष्ट्रिय |


चीनमा १० करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइयो
तस्विर-फाइल


बेइजिङ, चैत १५ गचे।
चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।
राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् । चीनले मार्च २४ पछि दैनिक कोभिड–१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?