logo
२०८१ पुष २४ बुधवार



कंगोमा विद्रोहीको हमलामा २९ जना गाउँलेको मृत्यु

अन्तर्राष्ट्रिय |


कंगोमा विद्रोहीको हमलामा २९ जना गाउँलेको मृत्यु
तस्विर–एनाडोलु एजेन्सी


बेनी, कंगो, चैत्त २० गते।
उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ)ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।
आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ ।

ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिककै हत्या भएको पाइएको छ ।
त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको जनाइएको छ ।

सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?