logo
२०८१ बैशाख २९ शनिवार



बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत

अन्तर्राष्ट्रिय |


बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत
तस्विर-फाइल


वासिङ्टन, जेठ १५ गते।
अमेरिकी राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक वर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गर्नुभएको छ । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।
कोभिड–१९ महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पु¥याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाउनुभएको थियो ।
बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने’ दावी डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दाबी गर्नुभएको छ । ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा देखाएको बेवास्ता र बाइडेनको जनमुखी कार्यक्रमले उहाँलाई प्रशंसा मिलेको छ । यो वर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । यो महामारीभन्दा पहिलेको अवस्थाभन्दा झण्डै दोब्बर हो ।
कोभिड–१९ महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । त्यसैले सरकारले आफ्नो खर्चको प्रति डलरमा ५० सेन्ट उधारो लिनुपर्नेछ ।
बजेट घाटालाई रोक्न असफल भएपछि बाइडेनले व्यवसाय र उच्च कमाइ भएका व्यक्तिहरूमा प्रस्तावित कर वृद्धि गर्ने योजना प्रयोग गर्नुभएको छ जसले विश्वभरका पूर्व–प्राथमिक र बाल हेरचाहको लागि ठूलो अनुदान र स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा दिइने ‘ग्यारेन्टेड’ भुक्तानी बिदा जस्ता नयाँ नयाँ सामाजिक कार्यक्रमहरू लाई मजबुत पार्न सहयोग दिने अपेक्षा गरिएको छ ।
बाइडेनले आफ्नो बजेटबारे भन्नुभयो, “हाम्रो अर्थतन्त्रको विकास गर्ने सबभन्दा राम्रो तरीका माथिबाट तल हो, तर तलबाट माथि हैन । हाम्रो समृद्धि ती मानिसहरूबाट आउँदछ जो दिनहुँ सबैरै उठ्छन्, कडा परिश्रम गर्छन्, आफ्नो परिवार बढाउँछन्, कर तिर्छन्, राष्ट्रको सेवा गर्छन्, र तिनीहरूको समुदायमा स्वयंसेवा गर्छन् ।”
बजेटमा ८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ उर्जामा लगानी गर्नका लागि छुट्ट्याइएको छ भने २०० अर्ब तीन–चार बर्षका पूर्व प्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र १०९ अर्ब डलर सम्पूर्ण अमेरिकीको दूई बर्षे निःशुल्क सामुदायिक कलेज खर्च र २२५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय बिदामा खर्चिने बताइएको छ । बाइडेनले ११५ अर्ब डलर सडक र पुल निर्माणका साथै १६० डलर सार्वजनिक यातायात र रेल सेवा सुधारका लागि छुट्ट्याइएको छ भने एक खर्ब डलर ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ ।

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद् कङ्ग्रेसबाट पारित हुनुपर्छ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनवबश्यक रूपमा महँगो भनेर आलोचना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप